बजेट कार्यान्वयन गत वर्षको भन्दा निक्कै कमजोर

काठमाडौँ, २६ असाेज । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बजेट आएको तीन महिना बित्न लाग्दा कार्यान्वयनको अवस्था गतवर्षको भन्दा कमजोर देखिएको छ।

सुस्त सरकारी कार्यशैली, पछिल्ला दिनमा भएको आन्दोलनको प्रभाव चालु बजेटमा कमजोर देखिएको हो।

कार्यालयका अनुसार सरकारले असोज २५ गतेसम्म कुल राजश्व लक्ष्यको १४.७९ प्रतिशत उठाएको छ। अघिल्लो वर्षको यस अवधिमा सरकारले कुल राजस्व १६.६६ प्रतिशत उठाइसकेको थियो।

खर्च प्रणाली पनि सरकारको कमजोर देखिएको छ। असोज महिना सकिनै लाग्दा अहिलेसम्म सरकारले कुल बजेट १७.२ प्रतिशत खर्च गरेको छ। अघिल्लो आवको यही अवधिमा सरकारले १७.६८ प्रतिशत बजेट खर्च भएको थियो।

कुल बजेटमध्ये चालु आवको समीक्षा अवधिमा तलब भत्तासहितमा हुने खर्च अर्थात चालुतर्फ विनियोजित बजेटको २०.११ प्रतिशत बजेट खर्चेको छ भने विकास बजेट एकदमै कम अर्थात विनियोजितको ८ प्रतिशत मात्रै खर्चेको देखिएको छ।