एमालेको केन्द्रीय कमिटीकाे बैठक रामबाघ महल जावलाखेलमा सुरु (तस्बिरसहित)

काठमाडौं, २९ असाेज । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीकाे बैठक ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ।

जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको हाे।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको, प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको, शान्ति र अमनचयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको सम्भावनाबारे आशंका व्यक्त गरिएको जस्ता विषयहरू समेटिएका छन्।

केही दिनअघि बसेको सचिवालय बैठकले पार्टी ११औँ महाधिवेशनमा जाने निर्णय गरिसकेको छ। आजको बैठकले महाधिवेशनको मिति र स्थान पनि तोक्नेछ।

आजदेखि सुरु भएको यो बैठक तीन दिनसम्म चल्नेछ।