धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

विराटनगर, २९ असोज । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

विराटनगरबाट महालक्ष्मी नगरपालिका जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको बस बुधबार दिउँसो निगालेमा दुर्घटना भएको हाे ।

दुर्घटनामा महालक्ष्मी नगरपालिका–७ की ५५ वर्षीया गंगा कार्की र सोही ठाउँका ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका ६ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा ३० जना यात्रु सवार रहेका थिए भने दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।