धानखेतमा नवजात शिशु फेला

काठमाडौँ, असोज २९ । महोत्तरीको जलेश्वर नगरपालिका-४ स्थित धानखेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार, दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धानखेतमा अन्दाजी १५-१६ दिनको एउटा पुरुष शिशु जीवितै फेला परेको हो ।

हल्का नीलो रङ्गको लुगा लगाएको र गुलाबी रङ्गको कपडामा बेरिएको अवस्थामा रहेको उक्त शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरूले धानखेतमा देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्काल शिशुलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याएको छ । शिशु पूर्ण रूपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ । शिशु कसको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *