डार्शी शर्ट लुम्बिनी लायन्समा

काठमडौँ, ३० असोज । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अष्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गरेको छ ।

डार्शीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टी–२० आई र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । बाँयाहाते ओपनिङ ब्याटर डार्शीसंग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ । ३५ वर्षीय डार्शीको आगमनले लुम्बिनीको ब्याटिङ लाइन थप मजबुत हुने अपेक्षा गरिएको छ ।