जेन-जी आन्दोलनमा मारिएका ७६ जनामध्ये ४१ जनाको मृत्युबारे सेनाको प्रश्न
काठमाडौं, ३१ असाेज । नेपाली सेनाले ‘जेन-जी’ आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई ‘अन्य’ को सूचीमा राख्दै उनीहरूको मृत्युको कारणमाथि प्रश्न उठाएको छ।
सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी चैत २३ र २४ गतेको घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो। यस विवरणअनुसार, घटनामा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ। तर, ४१ जनालाई भने ‘अन्य’ भनिएको छ, जसले उनीहरू कोबाट मारिए भन्ने प्रश्न सिर्जना गरेको छ।
सेनाले सार्वजनिक गरेको विवरणमा आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २२ जनाको मृत्यु भएको र जेलबाट भाग्ने क्रममा १० जना कैदीबन्दी मारिएको उल्लेख छ। आन्दोलनकारीबाट मारिएका ३ जना प्रहरीबाहेक अन्य ४१ जनाको मृत्यु लुटपाट र आगजनी तथा आफैंले लगाएको आगो सल्किएर भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
भाटभटेनीमा जल्ने तथा विभिन्न व्यक्तिका घरमा आगजनीका क्रममा जलेकाहरूलाई सेनाले ‘अन्य’ को सूचीमा राखेको हो। सेनाले आन्दोलनका क्रममा ९७८ हतियार लुटिएकोमा ५८६ वटा बरामद वा फिर्ता भएको विवरण पनि सार्वजनिक गरेको छ।