छोडिएको अवस्थामा नवजात शिशु : स्थानीयबाट उद्धार
काठमाडौँ, कार्तिक २ । यहाँ बुद्धशान्ति गाउँपालिका-७, सुनमाईमा एउटा नवजात शिशु फेला परेको छ। सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४-५ दिनको एउटी शिशु अलपत्र अवस्थामा भेटिएकी हुन् । आचार्यको घरमा भाडामा बस्ने ताप्लेजुङ श्रीजंगा गाउँपालिका-७ का ओमप्रकाश तुमिहाङ लिम्बूले गए राति करिब ९ बजेतिर शिशुलाई देखेर इलाका प्रहरी कार्यालय बुधबारेलाई खबर गरेका थिए ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार सूचना पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीय, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
