लेटाङमा १३ वर्षीया बालिकाको बीभत्स अवस्थामा शव फेला, बलात्कारपछि हत्याकाे आशंका

काठमाडाैं, ८ कात्तिक । लेटाङ नगरपालिका–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र एक बालिकाकाे शव बीभत्स र सडेको अवस्थामा भेटिएको छ ।

गत असोज २१ गतेदेखि बेपत्ता भएका लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको शव शुक्रबार दिउँसो जंगल भित्र फेला परेको हो ।

प्रहरीका अनुसार टाउको र शरीर छुट्टाछुट्टै स्थानमा छन् । बालिकाले लगाएका कपडा र चप्पल पनि छुट्टाछुट्टै स्थानमा फेला परेको थियोे । भित्री वस्त्र पनि खोलिएको अवस्थामा शव भेटिएको प्रहरी अधिकारीको भनाइ छ ।

सडेर दुर्गन्ध फैलिएको अवस्थामा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशु असोज २१ गते दिउँसो ४:३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् । बेपत्ता भएपछि उनको खोजी भइरहेको थियोे ।

शुक्रबार बीभत्स अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार, बालिकाको बलात्कारपछि हत्या भएकाेको आशंका छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *