महाराजगञ्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

काठमाडौं, ९ कात्तिक । प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

यससँगै घटनामा पक्राउ पर्नेको संख्या नौ पुगेको छ। पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन्।

उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताउनुभयो।

यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *