चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ,  कात्तिक १२ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत काठमाडौँले आठ दिनको म्याद थप गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला अदालतमा पेस गरेको थियो । म्याद थपको अनुमति प्राप्त भएसँगै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रकरणमा सिन्धुली, हरिहरगढी गाउँपालिका-६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-५ स्थित तिनधारेमा डेरा गरी बस्ने २८ वर्षीय राज लामा, उदयपुर, ताप्ली गाउँपालिका-४ घर भई भक्तपुर, बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर, रामेछाप, लिखु तामाकोसी गाउँपालिका-६ घर भई भक्तपुर, चाँगुनारायण नगरपालिका-२ सल्लाघारीमा श्रीलक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक, बागलुङ, गल्कोट नगरपालिका-२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-६ सरस्वतीनगर स्थित बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार, कैलाली लम्कीचुहा नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२२ बस्ने २२ वर्षीय दिपेश रसाइली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *