बीपी राजमार्ग अवरुद्ध: काभ्रे खण्डमा पहिरो र लेदोले यातायात ठप्प

काभ्रेपलाञ्चोक, १४ कात्तिक । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदो खसेका कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदो खसेर सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको हाे ।

राजमार्गको अवरोध हटाउन समय लाग्ने भएका कारण सडक सञ्चालनमा समय लाग्ने भएकाे छ भने पूर्व जाने गाडीहरू भकुन्डेमा रोकिएका छन् ।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार राजमार्गको चौकीडाँडा, नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेको छ ।