गुण्डुमा एमालेकाे युथ भोलेन्टियरको भेला, अध्यक्ष ओलीकाे पनि उपस्थिति
काठमाडौं, १६ कात्तिक । नेकपा एमालेले भक्तपुरको गुण्डुमा युथ भोलेन्टियर फोर्सको विशेष घोषणा गरेका छन् ।
आइतबार जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले भक्तपुरको गुण्डुमा युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।
घोषणा सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यको पनि उपस्थिति रहेकाे थियाे ।
भेलामा एमाले नेता तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतका नेताहरूकाे पनि उपस्थिति थियो।