सर्वोच्च र जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी
काठमाडौं, १८ कात्तिक । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।
जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटनामा अनुसन्धान गर्न अदालतले प्रहरीमा जाहेरी दिइएकाे हाे ।
दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् । अदालतले २४ गते भएको क्षति विवरणसहित संलग्नमाथि कानूनी कारबाहीको मागसहित जाहेरी दिएका हुन् ।
सर्वोच्चलगायत देशका विभिन्न अदालतमा आन्दोलनको मौका पारेर भवनमा आगजनीसँगै तोडफोड र लुटपाटसमेत भएको थियो ।
जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले जनाएकाे छ ।