तनहुँमा चिर्पट प्रहार गरेर एक जनाकाे हत्या

तनहुँ, १९ कात्तिक । तनहुँकाे बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा चिर्पट प्रहार गरेर एक जनाको हत्या भएको छ ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको चिर्पट प्रहार गरी हत्या भएको हो ।

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका र उहाँको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।