जेनजी प्रदर्शन: काठमाडौँको सुरक्षामा खटिएका प्रहरीको विवरण आयोगमा, बयान सुरु हुँदै
काठमाडौँ, २० कात्तिक। जेनजी प्रदर्शन हुँदा काठमाडौँ उपत्यकाको सुरक्षामा परिचालित प्रहरी कर्मचारीको विवरण जाँचबुझ आयोगमा पठाइएको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार एक चरणको विवरण प्राप्त भएको छन् ।
शर्माका अनुसार काठमाडौँ उपत्यकामा खटिएका प्रहरी कर्मचारीको विवरण प्रहरी प्रधान कार्यालयले आयोगमा पठाएको हो ।
बिहीबारबाट फिल्डमा खटिएका प्रहरी कर्मचारीको बयान लिइँदैछ । भदौ २३ मा नयाँबानेश्वर र माइतीघर क्षेत्रमा खटिएका प्रहरीको बयान लिइनेछ ।