जेन-जी आन्दोलनको क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

कास्की, २१ कार्तिक। जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा प्रहरीले ५ जनालाई गरेको छ ।

जेन-जी आन्दोलनको क्रममा उक्त रिसोर्टमा आन्दोलनकारीहरूले आगजनी गरिएको थियो ।

उक्त आगजनीमा संलग्न रहेको आरोपमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपालीसहित ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपकसहित पोखरा-१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ छन्।

उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।