नेकपा एमालेको पालिकास्तरीय जनपरिचालनका लागि महासचिव पोखरेलको ५ बुँदे निर्देशन

काठमाडौँ, २३ कात्तिक । नेकपा एमालेले आयोजना गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउन महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गर्नुभएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुने सङ्ख्याका आधारमा आवश्यकता अनुसार पार्टीको झन्डा, व्यानर र प्लेकार्ड तयार गर्न पनि निर्देशन दिनुभएकाे छ।

घनावस्ती भएका ठाउँमा जनसङ्ख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने महासचिव पोखरेलकाे भनाइ छ । यस्तै जनप्रदर्शनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न पनि महासचिव पोखरेलले कार्यकर्तालाई निर्देशन दिएका दिनुभएकाे छ ।

जनप्रदर्शनका क्रममा भिडियो/फोटोहरू सामाजिक सञ्जालमा व्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरू आम सञ्चार माध्यममा पठाउन पनि महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत निर्देशन दिनुभएकाे छ ।