दाङमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा १० जना पक्राउ

दाङ, २३ कात्तिक । जेनजी आन्दोलनको नाममा दाङका सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी गरेर क्षति पुर्‍याएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्र शाहका अनुसार विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको हाे ।

शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनी र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही उपमहानगरपालिकामा आगजनी गर्नेमाथि घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले पक्राउ परेकाहरूमाथि सोधपुछ भइरहेको र अन्यलाई नियन्त्रणमा लिन खोजी कार्य तीव्र पारिएको बताए ।