पर्सामा मिटरब्याज सम्बन्धी परेका मुद्दाहमध्ये १,६९७ वटा मेलमिलापमार्फत टुङ्ग्याइए

काठमाडौँ, कार्तिक २६ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार, जिल्लाभरिमा साहुकार र मिटरब्याज पीडितबीच कुल २,३६७ उजुरी परेका थिए । तीमध्ये ६३५ वटा उजुरी अझै फछ्र्योट हुन बाँकी छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले “एक लाख रुपैयाँ ऋण दिएर तीन लाख रुपैयाँसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै हटिसकेको छैन ।  वास्तविक मिटरब्याज पीडितले अझै न्याय पाउन सकेका छैनन्,” भन्नुभयो ।

पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि १ लाख १० हजार रुपैयाँ ऋण लिँदा साहुकार जोगिन्दर राउत कुर्मीले ३ लाख ३० हजार रुपैयाँको तमसुक बनाएको आरोप लगाउनुभएको छ । उहाँले “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ” भन्नुभयो ।

प्रवक्ता बस्नेतले पर्सामा मेलमिलापको कुल बिगो २९ करोड १२ लाख ८५ हजार ५९७ रुपैयाँ रहेको र ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *