अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

काठमाडौँ, कात्तिक २८ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइलहरू जलेर नष्ट भएकाले पीडित तथा निवेदकसँग रहेका विवरणहरू उपलब्ध गराइदिन आग्रह गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, काठमाडौँ उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईहरूमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएका थिए । यसकारण, निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध भएमा अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहयोग पुग्ने प्रहरीको भनाइ छ । प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौँमा ती कागजात उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *