पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्याे लिटरकाे ?
काठमाडौं,२९ कात्तिक । पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाे छ ।
नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढेर आएकाे हो ।
बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ ।
तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ मात्रै वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ ।