भारतीय मुस्लिम तीर्थयात्री सवार बस साउदी अरेबियामा दुर्घटना, ४२ जनाको मृत्यु

काठमाडौँ, १ मङ्सिर । साउदी अरेबियामा सोमबार मध्यराति सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ।

मक्काबाट मदिना जाँदै गर्दा मुस्लिम तीर्थयात्री चढेको बस एक डिजेल ट्यांकरसँग ठोक्किँदा ४२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मृतकहरूमा २० जना महिला र ११ बालबालिकासमेत रहेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा बस चालक मात्र जीवित रहेका छन्।

मृतकहरूमा अधिकांश हैदराबादका रहेको बताइएको छ। दुर्घटना मदीनाबाट १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समयअनुसार राति करिब साढे १ बजे भएको हो। उक्त समय सबै यात्री सुतिरहेको र दुर्घटना हुँदा कसैको पनि ज्यान नजोगिएको बताइएको छ।

तेलंगाना सरकारले रियादमा भारतीय दूतावासको सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारले एक सूचना जारी गर्दै मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग सम्पर्कमा रहेर पीडितहरूको पहिचानका लागि सहयोग गर्न निर्देशन दिएको बताइएको छ।

जेद्दास्थित भारतीय दूतावासले हेल्पलाइनसमेत जारी गरेको छ। दूतावासले भनेको छ, ‘साउदी अरेबियाको मदीनानजिक भारतीय उमरा तीर्थयात्री सवार बस दुर्घटनालाई मध्यनजर गर्दै जेद्दास्थित भारतीय महावाणिज्य दूतावासले २४ घन्टे कन्ट्रोल रुम बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *