सुनको मूल्य ताेलामै बढ्याे २८ सय, कतिमा भयाे काराेबार ?
काठमाडौँ, ३ मङ्सिर । बुधबार सुनचाँदीको मूल्य पुन: बढेकाे छ ।
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ ।
आज एक तोला सुनको मूल्य रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ ।