सुनचाँदीको मूल्यमा वृद्धि: सुन प्रति तोला २ लाख ४४ हजार ६०० पुग्यो

काठमाडौँ, ७ मंसिर । बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज एक तोला सुनको मोल २ लाख ४४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार एक तोला सुन २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य प्रति तोला ३ हजार १३५ रुपैयाँ कायम भएको छ। शुक्रबार सोही परिमाणको चाँदी ३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ६३ अमेरिकी डलर र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।