काठमाडौंको नयाँ बसपार्क नजिकै फेला परेकाे शव तेस्रो लिंगीको भएकाे पुष्टी , हत्याको आशंका

काठमाडौं, ७ मङ्सिर । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा शनिबार दिउँसो फेला परेको शव तेस्रो लिंगीको भएकाे पुष्टी भएकाे छ ।

प्रहरीका अनुसार शवको सनाखत हुन सकेको छैन, जसले गर्दा थप अनुसन्धानमा चुनौती थपिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले शवको सनाखत हुन नसक्दा अनुसन्धानमा समस्या भएको जानकारी दिएका छन्। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। घटनास्थलमा मुचुल्का गर्दा शव तन्नाले बेरेर पोको पारिएको अवस्थामा भेटिएको थियो।

प्रहरीले हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान अगाडि बढाएको छ। प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *