सुनचाँदीको मूल्य निरन्तर बढ्दो: आज सुनचाँदी कतिमा भयाे कारोबार ?

काठमाडौँ, ९ मङ्सिर । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढावले मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ। आज चाँदीको मुल्य पनि बढेर तोलामा रु तीन हजार २०० कायम भएको छ।

हिजो सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएको थियो। एक दिनपछि सुनमा रु पाँच हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *