कोशी प्रदेशमा चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता : जबरजस्ती करणीका घटना धेरै
काठमाडौँ, मंसिर ११ । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा लैङ्गिक हिंसासम्बन्धी २८६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार, साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनाको अवधिमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै जबरजस्ती करणीका घटना रहेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलका अनुसार यस अवधिमा जबरजस्ती करणीका मात्रै १७८ वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक बहुविवाह-३६ वटा, बालयौन दुराचार-३६ वटा, करणी उद्योग-२७ वटा, अवैध गर्भपतन-२ वटा, मानव बेचबिखन तथा ओसारपसार-२ वटा, बोक्सीको आरोप-१ वटा, जातीय छुवाछूत-१ वटा, अप्राकृतिक मैथुन-१ वटा छन् ।
प्रहरी निरीक्षक पोखरेलले दर्ता भएका मुद्दामध्ये धेरैजसो कानुनी प्रक्रियामा अघि बढिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षको चार महिनामा दर्ता भएका २८६ मुद्दामध्ये २१४ वटा मुद्दाको सफल फस्र्यौट (किनारा) भइसकेको छ