वीरगञ्जबाट स्रोत नखुलेको १० लाख रुपियाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, मंसिर १२ ।  जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १० लाख रुपियाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार वीरगञ्ज महानगरपालिका-१६ स्थित रजतजयन्ती चोकबाट उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतीहारी जिल्लाअन्तर्गत रक्सौल थाना निवासी ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् । मधेस प्रदेश ०३-०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार साहलाई रोकी जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको १० लाख नेपाली रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार बरामद रकमको वैध स्रोत नभेटिएपछि साहलाई नियन्त्रणमा लिइएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *