सर्लाहीको हरिवनबाट एम्बुलेन्ससहित ५१ किलो गाँजा बरामद, चालक पक्राउ

सर्लाही, २१ मङ्सिर । सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट एम्बुलेन्समा बोकेको ५१ किलो गाँजा बरामद भएको छ।

आज बिहान नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको छ।

यसैगरी, लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *