पर्साको ठोरीबाट भारत लैजाँदै गरेको ९१ किलो गाँजा सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ, मंसिर २६ ।  सशस्त्र प्रहरी बलले पर्साको ठोरी गाउँपालिकास्थित सीमा क्षेत्रबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । बिहीबार नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ९१ किलोग्राम गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको गस्ती टोलीले १० वटा प्लास्टिकका पोकामा प्याक गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी विश्वराज योञ्जनका अनुसार, बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीले सीमा नाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणमा आफ्नो निगरानी र कारबाही अभियानलाई तीव्रता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *