सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि, आज तोलामा ३,५०० ले बढ्यो सुन

काठमाडौँ, २६ मङ्सिर । बिहीबारको तुलनामा आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। सुन प्रतितोला रु तीन हजार ५०० र चाँदी प्रतितोला रु १०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ। यसैगरी, एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण गरिएको छ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सोही परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *