खैरो हेरोइनसहित नागढुङ्गाबाट दुई जना पक्राउ

काठमाडौँ, २६ मङ्सिर । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिना रहेका छन् ।

उनीहरूकाे साथबाट प्रहरीले दुई ग्राम खैरो हेरोइन फेलापारेकाे छ भने अनुसन्धान भइरहेकाे जनाएकाे छ ।