सरकार र ‘जेनजी’ प्रतिनिधिबीचको सम्झौताप्रति एमालेको आपत्ति, संविधानविपरीत भएको निष्कर्ष
काठमाडौं, २६ मङ्सिर । नेकपा (एमाले) ले सरकार र ‘जेनजी’ प्रतिनिधि समूहबीच भएको सम्झौताको औपचारिक रूपमा विरोध गरेको छ।
शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले उक्त सम्झौताप्रति गम्भीर असहमति जनाउँदै विरोध गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको उक्त कदमको आलोचना गरे।
एमालेले सरकारलाई संविधान र प्रचलित कानुनभन्दा बाहिर गएर सम्झौता गर्ने अधिकार नभएको निष्कर्ष निकालेको छ। विधि र प्रक्रिया मिचेर गरिएको उक्त सम्झौता मान्य नहुने एमालेको ठहर छ।