एमाले अध्यक्ष ओलीको सन्देश– ‘एक एमालेले अर्को एमालेसँग हात मिलाऔँ (पूर्णपाठसहित)

भक्तपुर, २७ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पङ्क्तिलाई भावनात्मक रूपमा एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभएकाे छ ।

भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकताको महत्त्व दर्शाउन ‘११’ अङ्कको उदाहरण प्रस्तुत गर्दै पार्टीभित्र एकले अर्कोलाई सम्मान गर्दै मन जोड्नुपर्नेमा जोड दिनुभयाे ।

‘हामी–हामीबीचको एकता भनेको एक एमालेले अर्को एमालेसँग हात मिलाउनु र मन जोड्नु हो,’ सम्बोधनका क्रममा अध्यक्ष ओलीले भन्नुभयाे, ‘हामी अहिले ११औँ महाधिवेशनमा छौँ। यसको अंक ११ लाई एकछिन ध्यान दिएर हेरौँ, ११ मा दुई वटा ‘एक’ हुन्छन्। तर ती छुट्टाछुट्टै वा टाढा–टाढा उभिएका ‘एक’ होइनन्। ती त एउटै लाइनमा, एउटै दिशातिर फर्किएका र एउटै लक्ष्य बोकेर उभिएका ‘एक’ हुन्।’

अध्यक्ष ओलीले पार्टीभित्रको आन्तरिक कलह वा मनमुटाव त्याग्न आग्रह गर्दै एकतामा नै शक्ति हुने बताउनुहुदै भन्नुभयाे ‘यदि एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए वा एक–अर्कामाथि घात–प्रतिघात गरे भने हामी साधारण ‘एक–एक’ मात्र रहनेछौँ। तर, एउटाले अर्कोको हात समायो र मन मिलायो भने हामी एक–एक मिलेर ‘एघार’ बन्छौँ।’
पूर्णपाठसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *