एमाले महाधिवेशनमा बन्द सत्र सुरू: अध्यक्ष ओलीको सम्बोधन जारी

काठमाडौँ, २८ मङ्सिर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्द सत्र औपचारिक रूपमा सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा आज अपराह्न सवा ३ बजेदेखि बन्द सत्र प्रारम्भ भएको हो।

हाल अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रलाई सम्बोधन गरिरहनुभएको छ। उहाँले पार्टीको आगामी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था र महाधिवेशनका एजेन्डाहरूमाथि प्रकाश पार्ने अपेक्षा गरिएको छ।

बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो अवधारणा पत्र पेस गर्ने तयारी रहेको छ।
बन्द सत्र सुरु हुनुअघि भृकुटीमण्डपमै केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकले पार्टीको पुरानै विधानलाई ब्युँताउने महत्त्वपूर्ण निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *