एमालेको केन्द्रीय कमिटीमा युवालाई प्राथमिकता: सबै क्लस्टरमा ४० वर्षमुनिका लागि कोटा प्रस्ताव

काठमाडौँ, २८ मङ्सिर । नेकपा (एमाले) ले आफ्नो केन्द्रीय कमिटीलाई थप समावेशी र युवामैत्री बनाउने महत्त्वपूर्ण प्रस्ताव अघि सारेको छ।

भृकुटीमण्डपमा जारी ११ औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा महासचिव शङ्कर पोखरेलले पार्टीको सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका युवाका लागि कोटा राख्ने प्रस्ताव पेस गरेका हुन्।

यस प्रस्तावअनुसार, भौगोलिक क्षेत्रका कमिटीहरूमा युवा प्रतिनिधित्व सुनिश्चित गरिनेछ। महासचिव पोखरेलले प्रस्तुत गरेको विवरणअनुसार:

कोशी प्रदेश कमिटी: ४० वर्षमुनिका १ युवा सहित खुला ६ जना र महिला १ जना केन्द्रीय सदस्य रहनेछन्।
मधेश प्रदेश कमिटी: ४० वर्षमुनिका १ युवा सहित खुला ६ जना र महिला १ जना केन्द्रीय सदस्य रहनेछन्।
बागमती प्रदेश कमिटी: ४० वर्षमुनिका १ युवा सहित खुला ६ जना र महिला ३ जना केन्द्रीय सदस्य रहनेछन्।
गण्डकी प्रदेश कमिटी: बागमती प्रदेश कमिटीमा जस्तै ४० वर्षमुनिका १ युवा सहित खुला ६ जना र महिला ३ जना केन्द्रीय सदस्य रहनेछन्।
कर्णाली प्रदेश कमिटी: ४० वर्षमुनिका १ युवा सहित खुला ६ जना र महिला ३ जना केन्द्रीय सदस्य रहनेछन्।
राजधानी प्रदेश कमिटी: ४० वर्षमुनिका १ युवा सहित खुला ६ जना र महिला ३ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ।

यो प्रस्तावले पार्टीको केन्द्रीय नेतृत्वमा युवाहरूको अर्थपूर्ण सहभागिता बढाउनुका साथै नयाँ पुस्तालाई जिम्मेवारीमा ल्याउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनले यस प्रस्तावमाथि छलफल गरी अन्तिम निर्णय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *