एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १ गते मतदान हुने

काठमाडौँ, २८ मंसिर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गरेका हुन्।

सार्वजनिक कार्यतालिका अनुसार निर्वाचनसम्बन्धी कार्यक्रमहरू भोलि (सोमबार) बिहान ७ बजेदेखि सुरु हुनेछन्। मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गर्ने तयारी गरिएको छ। सोही दिन बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्ने, ९:३० बजे दाबी विरोधको सूचना प्रकाशन गर्ने र १० बजे दाबी विरोध उपर छानबिन गर्ने समय तोकिएको छ। आयोगले मंगलबार बिहान १०:१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ।

यस्तै, उम्मेदवारले नाम फिर्ता लिन चाहेमा मंगलबार दिउँसो ३ देखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसलगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

नयाँ नेतृत्व चयनका लागि हुने मुख्य मतदान कार्यक्रम भने पुस १ गतेका लागि तय गरिएको छ। आयोगका अनुसार पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *