एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी फाराम धमाधम वितरण

काठमाडौँ, २९ मङ्सिर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रियाअन्तर्गत उम्मेदवारी फाराम वितरण सुरु भएको छ।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यका लागि आकांक्षीहरूले फाराम लिइरहेका छन्।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धाको तयारी गरेकाले उम्मेदवार बन्न चाहने आकांक्षीहरूको ठूलो भीड लागेको छ। ३०१ सदस्यीय केन्द्रीय कमिटी गठनका लागि एमालेका २२६३ जना प्रतिनिधि भृकुटीमण्डपमा भेला भएका छन्।

एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार, आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी भोलि मतदान गर्ने गरी कामको समय निर्धारण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *