एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता: प्रस्तावक बादल, समर्थक पौडेल

काठमाडौँ, २९ मङ्सिर । नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी ११ औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा उम्मेदवारी दर्ताको क्रम चलिरहेका बेला ओलीले तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी गराउनुभएकाे हाे ।

ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा ‘बादल’ उहाँको प्रस्तावक रहेका छन् भने विष्णुप्रसाद पौडेल समर्थकका रूपमा रहेका छन्।

अध्यक्ष पदका अर्का प्रत्यासी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि यसअघि नै आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।

निर्वाचन कार्यतालिका अनुसार, आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने मतदान भोलि हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *