एमाले महाधिवेशन: लेखा र अनुशासन आयोगका पदाधिकारीसहित ११ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडौँ, १ पुस । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहँदा दुईवटा आयोगका पदाधिकारी र ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार तोकिएको पद सङ्ख्या बराबर मात्र उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध भएका हुन्।

आयोगका पदाधिकारीहरू निर्विरोध
पार्टीको अनुशासन आयोग र लेखापरीक्षण आयोगका सबै पदाधिकारीमा एकल उम्मेदवारी परेको छ।
अनुशासन आयोग: अध्यक्षमा प्रा.डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्।
लेखा आयोग: अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध भएका छन्।

को-को भए केन्द्रीय सदस्यमा निर्विरोध?
विभिन्न क्लस्टरबाट ११ जना केन्द्रीय सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्:
लुम्बिनी प्रदेश (महिला): गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल (३ सिटमा ३ जनाकै उम्मेदवारी)।
मधेशी (युवा): अमरकुमार यादव (२ सिट रहेकोमा १ जनाको मात्र उम्मेदवारी परेकाले १ सिट रिक्त)।
मुस्लिम (महिला): खाजिदा खातुन सिद्धकी।
श्रमिक (महिला): कमलादेवी श्रेष्ठ र सिता लामा।
पिछडिएको क्षेत्र (महिला): वदमीक्वारी बुढा।
प्रवास (दक्षिण एसिया): हरिप्रसाद घिमिरे।
युवा (४० वर्ष मुनि): नरेश रोकाया र सुशिलकुमार थापा।
निर्वाचन आयोगका अनुसार अन्य पदहरूमा भने तोकिएको सङ्ख्याभन्दा बढी उम्मेदवारी परेकाले आज मतदान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *