पाठक नेपालको महिला क्रिकेट टिमका प्रमुख प्रशिक्षक
काठमाडौँ, पुस १ गते । नेपाली महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका हर्षल जयन्त पाठक नियुक्त भएका छन् । नेपाली महिला क्रिकेट टिमले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो ।
क्यानले महिला टि२० विश्वकपको ग्लोबल छनोटका लागि पाठकलाई टिममा ल्याएको हो । सो प्रतियोगिता सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा हुँदैछ । सो प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टिम अहिले बन्द शिविरमा रहेको छ ।
क्यानका अनुसार प्रशिक्षक पदका लागि आवेदन आएको ७० जनामध्येबाट पाठकलाई चयन गरिएको हो ।