हर्क साम्पाङको ‘श्रम, संस्कृति पार्टी’ का उपाध्यक्ष बम विस्फोटको आरोपमा पक्राउ

काठमाडौँ, १ पुस । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको ‘श्रम, संस्कृति पार्टी’ का उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई मंगलबार काठमाडौँको कपनबाट पक्राउ गरेको हो।

तामाङमाथि विस्फोटक पदार्थसम्बन्धी गम्भीर आरोप लागेको छ। गत २०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा उनी मुछिएका थिए। उक्त विस्फोटमा परी एक बालिकाको ज्यान गएको थियो भने अन्य दुई जना घाइते भएका थिए। सोही घटनापछि उनी फरार रहँदै आएका थिए।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि पाँचथर पठाइएको छ। उनी ‘कुमार’ र ‘विश्वक्रान्ति’ उपनामले समेत चिनिन्थे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *