नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज

काठमाडौँ, ४ पुस । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज (शुक्रबार) बस्दै छ ।

बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने भएकाे हाे । बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित ३०१ केन्द्रीय सदस्य सहभागी हुनेछन् ।

बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण भइसकेपछि बस्न लागेको यो बैठकमा महाधिवेशनको समीक्षा, समसामयिक राजनीतिक कार्यदिशा, नेताहरूको कार्यविभाजन तथा केन्द्रीय सचिवालय र स्थायी कमिटी गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।