काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिँदै
काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप उनले मेयर पद त्याग्न लागेका हुन् ।
मेयर शाह आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने कार्यक्रम तय भएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बालेन आज दिउँसो २ बजे बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् ।