विमानस्थलबाट अवैध गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ, फागुन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलोग्राम २७० ग्राम गाँजासहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफसाना अमीर हुसेन शेख रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उनीहरूलाई पक्राु गरेको हो ।

मोहम्मद जुनैद र समीनाको साथबाट तीन किलो ८७० ग्राम र अफसानाको साथबाट सात किलो ४०० ग्राम गाँजा बरामद गरिएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *