मतदाता परिचयपत्र नभए पनि यी ६ वटा कागजातबाट गर्न पाइनेछ मतदान

काठमाडौँ, १४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले विभिन्न ६ वटा वैकल्पिक कागजात देखाएर मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मतदाताको सहजतालाई ध्यानमा राख्दै नागरिकतासहितका आधिकारिक परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाएको हो । आयोगका अनुसार मतदाता परिचयपत्र नभएका खण्डमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट), जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मध्ये कुनै एउटा सक्कल कागजात देखाएर मतदान गर्न सकिनेछ ।

यस विषयमा मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक निर्देशन तथा सूचना सम्प्रेषण गरिसकिएको आयोगले जनाएको छ ।