अध्यक्ष ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट, सोमबार सुनुवाइ हुने
काठमाडौँ, १५ चैत । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस भएको छ ।
अध्यक्ष ओलीलाई तत्काल हिरासतमुक्त गर्न माग गर्दै उहाँकी पत्नी राधिका शाक्यका तर्फबाट दायर गरिएको उक्त रिटमाथि सोमबार (भोलि) सुनुवाइ हुने भएको हाे ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार अदालतमा रिट दर्ताको प्रक्रिया अघि बढिसकेको छ । जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन र त्यसको सिफारिसकै आधारमा मात्रै अध्यक्ष ओलीलाई पक्राउ गरी थुनामा राख्नु पूर्णतः गैरकानुनी भएको जिकिर रिटमा गरिएको छ ।