सर्वदलीय बैठकले प्रतिनिधि सभा नियमावली नयाँ बनाउने

काठमाडौ, २३ चैत । सर्वदलीय बैठकले प्रतिनिधि सभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ।

आज बसेको बैठकले संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा नियमावली २०७९ संशोधन गरी नयाँ नियमावली जारी गर्ने मस्यौदा समिति गठन गर्ने निष्कर्षमा पुगेको छ।

बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाउने पनि निर्णय गर्यो। परामर्श समितिमा प्रतिनिधि सभा नियमावलीसँग सम्बन्धित आवश्यक संशोधनको तयारी गरिनेछ।

त्यसैगरी, बैठकले संसदको कामकारबाहीलाई डिजिटल बनाउने पहल अघि बढाउने निर्णय समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *