नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका इन्जिनियर १ लाख ४० हजार घुससहित पक्राउ
काठमाडौं, २३ चैत । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई रु. १ लाख ४० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार दासमाथि चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखेर लाइन जडान गरिदिने भन्दै सेवाग्राहीबाट घुस मागेको उजुरी परेको थियो। उजुरीको आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सोमबार हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट उनलाई घुस रकमसहित पक्राउ गरेको हो।
आयोगले दासविरुद्ध थप अनुसन्धान जारी राखेको बताएको छ।