बालेन्द्र सरकारमा एक महिना नटिक्दै गयाे दुई मन्त्री पद
काठमाडाैं, ९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह नेतृत्वको सरकारमा एक महिना नबित्दै दुई जना मन्त्री पदबाट हटाइएका छन्।
श्रममन्त्री दीपककुमार साहलाई अनधिकृत रुपमा श्रीमतीलाई बिमा बोर्ड सदस्य बनाएको आरोपमा १३ दिनमै हटाइएको थियो।
अहिले सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले बुधबार राजीनामा दिएका छन् ।
केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा गरेको अर्को लागनीको विवरण पनि बाहिर आयो ।
उनले सञ्चालन गरेको सामाजिक संस्था हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबमा बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।